logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

काठमाडौं उपत्यकामा थपिए ७१९ जना कोरोना संक्रमित


अंकुरण खबर
1.053K
Shares

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ७१९ जनामा संक्रमण पुष्टि भएको छ।

जसमध्ये काठमाडौंमा ४७१ जना, भक्तपुरमा १४६ जना र ललितपुरमा १०२ जना संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

पछिल्लो २४ घण्टामा थप २०५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमणबाट थप २० जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा ३०३० जना संक्रमणबाट मुक्त भएका छन् ।