कांग्रेस नेता मीन विश्वकर्माले केन्द्रीय सदस्य र नेपाल दलित संघको अध्यक्षबाट राजीनामा दिएका छन्।
विधानको गलत व्याख्या गरेर दलित समुदायलाई पार्टी प्रवेश र प्रतिनिधित्वमा निषेध गरेको आरोप लगाउँदै उनले पार्टी सभापति शेरबहादुर देउवालाई पत्र लेखेर बुधबार राजीनामा दिएका हुन्।
उनले दलित समुदायलाई अपमान र अन्याय हुनेगरी ल्याइएको भन्दै निर्वाचन निर्देशिकाप्रति आपत्ति जनाएका छन्।
११औं, १२औं र १३औं महाधिवेशनसम्म प्रत्येक वडाबाट न्यूनतम ५ मा १, ७ मा १ र ९ मा १ तथा प्रतिनिधिसभा क्षेत्रमा ११ मा १ जना दलित महाधिवेशन प्रतिनिधि सुनिश्चित गरिएको उल्लेख गर्दै उनले वर्तमान विधानको गलत व्याख्या गरेर निर्वाचन निर्देशिकालाई असमावेशी बनाइएको र जालझेलपूर्ण तरिकाबाट छलफल नै नगरी बनाइएको निदेशिकाले दलित समुदायलाई पार्टी प्रवेश र प्रतिनिधित्वमा निषेध गर्ने देखिएको उनको भनाइ छ।
यस्तो प्रवृत्तिबाट केही समयपछि कांग्रेसमा दलितको प्रतिनिधत्व शून्यमा पुग्ने भन्दै उनले कांग्रसकै भ्रातृ संस्था दलित संघको अध्यक्षका नाताले दलित समुदायलाई अन्याय र अपमान हुनेगरी ल्याइएको निर्देशिका मान्य नभएको भन्दै उनले दुवै पदबाट राजीनामा दिएका हुन्।
