अन्तर्राष्ट्रिय फुटबल (पुरुष तर्फ)मा सर्वाधिक गोल गर्ने खेलाडी क्रिष्टियानो रोनाल्डो बनेका छन् ।
इरानका अली दाइको कीर्तिमान तोड्दै रोनाल्डो अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने खेलाडी बनेका हुन् ।
यसअघि कीर्तिमानसँग बराबरी गरेका रोनाल्डोले विश्वकप छनौट अन्तर्गत बुधबार राति भएको खेलमा रिपब्लिक अफ आयरल्याण्डलाई २–१ ले पराजित गर्ने क्रममा दुई गोल गरेका हुन् । घरेलु मैदानमा भएको खेलमा अन्तिम समयमा गरेको हेड मार्फत दुई गोल गरेका हुन् ।
उनले पोर्चुगलका लागि यो खेलमा ११० र १११ औँ गोल गरेका हुन् । यो गोलसँगै उनी विश्व फुटबलमा राष्ट्रिय टिमका लागि सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन् ।