logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोरोना संक्रमणबाट पर्सामा एक युवकको मृत्यु


अंकुरण खबर
1.248K
Shares

पर्सामा कोरोना संक्रमणबाट एक जना युवकको मृत्यु भएको छ ।

पोखरीया नगरपालिका-१ बस्ने ३३ वर्षीय पुरुषको संक्रमणका कारण मृत्यु भएको हो ।

स्वास्थ्यमा समस्या देखिएपछि भदौ १० गते उनी नारायणी अस्पतालमा भर्ना भएका थिए । सोही दिन पीसीआर परीक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

उपचारको क्रममा बिहीबार बिहान १ः४५ बजे उनको मृत्यु भएको नारायणी अस्पतालका कोभिड संयोजक डाक्टर उदय नारायण सिंहले जानकारी दिए ।

नारायणी अस्पतालमा असार २३ गते यता कुनै पनि संक्रमितको मृत्यु भएको थिएन ।