काठमाडौं उपत्यकामा ७ सय ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
जसमध्ये काठमाडौंमा ५ सय ४१ जना, भक्तपुरमा १ सय र ललितपुरमा १ सय ५२ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै, पछिल्लो २४ घण्टामा देशभर थप २००४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमणबाट १६ जनाको मृत्यु भएको छ भने १८४६ जना संक्रमणमुक्त भएका छन् ।