logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

टोकियो पारा ओलम्पिक : नेपालकी पलेशा पहिलो खेलमै पराजित


अंकुरण खबर
715
Shares

जापानमा भइरहेको टोकियो पारा ओलम्पिक २०२० मा नेपालबाट सहभागी एक मात्र खेलाडी तेक्वान्दोकी पलेशा गोबर्ध्दन पहिलो खेलमै पराजित भएकी छन् ।

शुक्रबार बिहान भएको पहिलो चरणको खेलमा उनी बेलायती खेलाडी बेथ मुनरोसँग पराजित भएकी हुन् ।

पदक आशा गरिएकी उनी सुरुमै बलियो प्रतिद्वन्दीसँग पर्दा पराजित भइन् ।

५८ केजी तौल समूह मुनिको खेलमा पलेशा बेथसँग २१-८ अन्तरले पराजित भइन् ।

पहिलो राउण्डमा पलेशा ६-२ र दोस्रो राउण्डमा ८-२ ले पछि परिन् । तेस्रो राउण्डमा केही सुधार गरेपनि ७-४ ले पछि परेपछि पलेशाले हार बेहोरिन् ।

पहिलो चरणमा हारेकी पलेशाले अब रिपेचका लागि प्रतिस्पर्धा गर्नेछिन् ।