नेकपा एमालेले संसद् अधिवेशन चलाएर देखाउन चुनौती दिएको छ ।
शनिबार काभ्रे जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै एमाले महासचिव ईश्वर पोखरेलले आगामी संसद् अधिवेशन चलाएर देखाउन सभामुख अग्निप्रसाद सापकोटालाई चुनौती दिएका हुन् ।
उनले सभामुख सापकोटा सभामुख नभइ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको निर्देशन मान्ने कार्यकर्ता भएको टिप्पणी समेत गरे ।
पोखरेलले एमालेलाई कमजोर बनाउन देशी–विदेशी शक्तिले माधव नेपाललाई प्रयोग गरे पनि त्यो सफल नहुने दाबी गरे ।
उनले काभ्रेमा एमालेलाई कसैले चुनौति दिन नसक्ने बताए । अध्यक्ष अशोक ब्यान्जुको अध्यक्षतामा भएको भेलामा नेताहरु टोपवहादुर रायमाझी, गोकुल बास्कोटा, नविना लामा लगायतको सहभागिता थियो ।