logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

काठमाडौं उपत्यकामा थपिए ४५३ जनामा कोरोना संक्रमित


अंकुरण खबर
923
Shares

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ४५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार काठमाडौंमा १८८ जना, भक्तपुरमा ६७ जना र ललितपुरमा ९८ गरी ४५३ जनामा संक्रमण पुष्टि भएको हो ।

हालसम्म उपत्यकामा ७ हजार पाँच सय ८९ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार काठमाडौं  जिल्लामा ४ हजार १९८, ललितपुरमा २ हजार ७५ र भक्तपुरमा १ हजार ३१६ सक्रिय संक्रमित रहेका छन् ।