logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

काठमाडौं उपत्यकामा थप ६०६ जनामा कोरोना संक्रमण पुष्टि


अंकुरण खबर
754
Shares

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६०६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ४१८ जना, भक्तपुरमा १०१ जना र ललितपुरमा ८७ जनामा  संक्रमण पुष्टि भएको हो ।

यस्तै काठमाडौं उपत्यकामा ७५२३ सक्रिय संक्रमित छन्। जसमध्ये काठमाडौंमा ४१५८, ललितपुरमा २०२६ र भक्तपुरमा १३३९ सक्रिय संक्रमित छन्।

पछिल्लो २४ घण्टामा थप १ हजार ८९७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । त्यस्तै संक्रमणबाट २० जनाको मृत्यु भएको छ ।