logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

एकीकृत समाजवादीको संसदीय दलको बैठक बस्दै


अंकुरण खबर
689
Shares

नेकपा (एकीकृत समाजवादी) को संसदीय दलको बैठक बुधबार बस्दैछ ।

बुधबारदेखि सुरु हुने दुवै संसदको अधिवेशनमा पार्टीले संसद सञ्चालन सम्बन्धी रणनीति बनाउन बैठक बस्न लागेको हो ।

बैठक दिउँसो नयाँ बानेश्वरस्थित संसद भवनको शङ्कर हलमा बस्ने भएको छ।

नेकपा एमालेबाट अलग भएर स्थापना गरेको एकीकृत समाजवादी पहिलोपटक संसदको बैठकमा सहभागी हुन लागेको हो । सो पार्टीले दलको नेतामा माधवकुमार नेपाललाई यसअघि नै चयन गरेको थियो ।