logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आज नेपाल र बंगलादेशबीच मैत्रीपूर्ण फुटबल हुँदै


अंकुरण खबर
767
Shares

आज नेपाल र बंगलादेशको महिला राष्ट्रिय फुटबल टोलीबीच मैत्रीपूर्ण खेल हुन लागेको छ।

नेपाल र बंगलादेशबीच काठमाडौंस्थित दरशथ रंगशालामा खेल हुनेछ। बेलुकी साढे ५ बजे खेल सुरु हुने अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ।

एएफसी महिला एसियन कपको छनोट खेल्ने तयारीमा रहेको नेपालले बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो। दोस्रो खेल आइतबार हुनेछ।

नेपाली महिला राष्ट्रिय टोली पहिलो पटक दशरथ रंगशालामा खेल्न लागेको हो। यसअघि एन्फा कम्प्लेक्स सातदोबाटोमा हुँदै आएको थियो।

अहिलेसम्मका प्रदर्शनमा नेपाल अगाडि छ। पाँच खेलमा नेपालले चार र बंगलादेशले एक खेल जितेको छ। तर, आजको खेलमा नेपाली स्टार खेलाडी सावित्रा भण्डारी छैनन्।