logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रचण्ड र एमसीसी उपाध्यक्ष फातिमाबीच भेटवार्ता


अंकुरण खबर
793
Shares

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र एमसीसी उपाध्यक्ष फातिमा सुमारबीच भेटवार्ता भएको छ ।

शुक्रबार बिहान प्रचण्डनिवास खुमलटारमा प्रचण्ड र एमसीसी उपाध्यक्ष फातिमा सुमारको टोलीबीच भेटवार्ता भएको हो ।

भेटमा अध्यक्षले एमसीसीको विषयमा नेपालका सबै राजनीतिक दलहरूबीच सहमति बनाएर अगाडि बढ्न सकिने बताउनुभयो । उहाँले देशको अग्रगमनको संवाहक वर्तमान गठबन्धनलाई बलियो बनाउनु प्रमुख प्राथमिकता रहेको बताए ।

भेटमा उपाध्यक्ष सुमारले आफू नेपाल कुनै दबाबका लागि नभई एमसीसीबारे स्थिति बुझ्न आएको बताए । यसबारे राजनीतिक दलहरूले नै निर्णय गर्ने बताउदै सकारात्मक निर्णय हुनेमा आफू आशावादी रहेको उनको धारणा थियो ।