logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

काठमाडौं उपत्यकामा थपिए ३२४ जना कोरोना संक्रमित


अंकुरण खबर
871
Shares

पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ३ सय २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

तीमध्ये काठमाडौंमा २ सय ५७ जना, भक्तपुरमा ११ जना  र ललितपुरमा ५६ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

काठमाडौं उपत्यकामा हाल सक्रिय संक्रमितको संख्या ६ हजार ५ सय ५४ रहेको छ। तीमध्ये काठमाडौंमा ३ हजार ४ सय २९, भक्तपुरमा १ हजार १ सय९१ र ललितपुरमा १हजार ९ सय ३४ जना रहेको मन्त्रालयले जनाएको छ।

यस्तै, पछिल्लो २४ घण्टामा देशभर १ हजार १ सय ४६ जना कोरोना संक्रमित थपिएका छन्। भने  २१ जनाले कोरोनाबाट ज्यान गुमाएका छन्।