logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेपाली राष्ट्रिय महिला फुटबल टोलीले आज बङ्गलादेशसँग दोस्रो मैत्रीपूर्ण खेल खेल्दै


अंकुरण खबर
1.17K
Shares

नेपाली राष्ट्रिय महिला फुटबल टोलीले आज बङ्गलादेशसँग दोस्रो मैत्रीपूर्ण फुटबल खेल्दैछ ।

त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा नेपाल र बङ्गलादेशबीचको खेल बेलुका ५ बजे सुरु हुनेछ ।

एएफसी महिला एसियन कप–२०२२ छनोटको तयारीका लागि नेपालले बङ्गलादेशसँग मैत्रीपूर्ण खेल खेलेको हो । गएको बिहीवार भएको पहिलो खेलमा नेपालले २–१ को जित निकालेको थियो ।

नेपालको जितमा डेब्यु खेलाडी सविता राना र प्रिती राईले एकरएक गोल गरेका थिए । बङ्गलादेशकी तोहुरा खातुनले एक गोल फर्काएकी थिइन् । एएफसी महिला एसियन कप–२०२२ छनोट उज्वेकिस्तानमा आयोजना हुनेछ ।

छनोटमा नेपाल समूह ’एफ’ मा रहेको छ । नेपालको समूहमा फिलिपिन्स र हङकङ रहेका छन् ।