logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

एमाले सांसदलाई संवादमा आउन सभामुखको अपिल


अंकुरण खबर
793
Shares

प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले प्रमुख प्रतिपक्षी दल एमालेलाई वादविवाद छाडेर संवादमा आउन आह्वान गरेका छन्।

लगातार संसद अवरोध गर्दै आएपछि सभामुख सापकोटाले एमालेलाई संवादमा आउन आह्वान गरेका हुन्।

आज (आइतबार)को संसद अवरुद्ध गरी नाराबाजीमा उत्रिएका एमाले सांसदलाई सम्बोधन गर्दै सभामुख सापकोटाले समस्याको समाधान वार्ता र संवादबाट खोज्ने बताए तर उनीहरूले सभामुखको अपिललाई वास्ता गरेनन्। जनताको सर्वोच्च संस्थामा मर्यादित ढंगले उत्रिएर उनले वातावरण सहज बनाई बैठक बस्नेतर्फ केन्द्रित हुन विपक्षी दलका सांसदहरूलाई आह्वान गरे।

आफ्नो अधिकारबारे बोल्दा अरूको अधिकारको सम्मान गर्नुपर्ने विश्वव्यापी मान्यता रहेको उल्लेख गर्दै उनले नाराबाजीमा उत्रिएर अरू सांसदहरूको बोल्ने अधिकार कुण्ठित गर्न नहुनेमा जोड दिए।

नाराबाजीकै बीचमा उनले पटकपटक एमाले सांसदलाई संसदीय मर्यादा पालना गरेर सहयोग गर्न आह्वान गरे। उनले भने, ‘हामीले सबैले गम्भीर ढंगले मनन गरेर संसद सहज ढंगले सञ्चालन हुने वातावरण बनाउन म आह्वान गर्छु, अपिल गर्छु ।’

तर एमाले सांसदहरू सभामुखको अपिललाई आत्मसात् गर्न तयार नभएपछि बैठक स्थगित गरिएको हो।