कोरोना विशेष

काठमाडौं उपत्यकामा ४२६ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ४ सय २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

तीमध्ये काठमाडौंमा ३ सय १ जना, भक्तपुरमा ५७ जना र ललितपुरमा ६८ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलेजनाएको छ।

मन्त्रालयका अनुसार पछिल्लोपटक थपिएकोसहित उपत्यकामा सक्रिय संक्रमितको संख्या ६ हजार ४ सय १८ पुगेको छ।

यस्तै, पछिल्लो २४ घण्टामा देशभर १४८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

एक हजार २६० जना कोरोनामुक्त भएका छन् भने थप १६ जनाको संक्रमणका कारण मृत्यु भएको छ।

Comment here