राजनीति

एमसीसी अमेरिकी सैन्य रणनीति हो, स्वीकार गर्न सकिँदैन : प्रेम सुवाल

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले एमसीसी अमेरिकी सैन्य रणनीतिअन्तर्गत रहेको भन्दै स्वीकार गर्न नसकिने बताएका छन् ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि आईपीएस अमेरिकाका यस क्षेत्रमा दीर्घकालीन सैनिक रणनीति भएको बताएको भन्दै सुवालले एमसीसी खारेजीको माग गरेका हुन् ।

उनले नेपालस्थित अमेरकी राजदूत र्यान्डी एमसीसी इन्डो प्यासिफिक रणनीतिमा नपर्ने भनेर झूटो बोलेको आरोप समेत लगाए ।

सांसद सुवालले पहिलो राजदूत बेरीले इन्डो प्यासिफिक क्षेत्रमा पर्ने देशहरुको सबै सहयोग इन्डो प्यासिफिक स्ट्राटेजीअनुसार भएको भनेको तर पछि विरोध भएपछि होइन भनेर झूटो बोलेको आरोप लगाएका हुन् ।

Comment here