logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

ओमानसँग नेपाल पाँच विकेटले पराजित


अंकुरण खबर
884
Shares

आइसिसी विश्वकप लिग–२ अन्तर्गत मंगलबार भएको खेलमा नेपाल ओमानसँग ५ विकेटले पराजित भएको छ ।

नेपालले दिएको १९७ रनको लक्ष्य घरेलु टिम ओमानले ३१ ओभर १ बलमा ५ विकेटको क्षतिमा भेट्टायो ।

ओमानको जितमा ओपनर जतिन्दर सिंहले १०७ रनको योगदान गरे। उनले ६२ बलमा १२ चौका र ६ छक्का प्रहार गरे । यस्तै सुरज कुमारले २० र आयन खानले १८ रन जोडे।

मोहमद नदीमले नटआउट ३८ रन बनाए । नेपालका कुशल मल्ल र करण केसीले २–२ विकेट लिए। टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४७ ओभर ४ बलमा १९६ रन बनाएको थियो ।

नेपालका लागि ओपनिङ ब्याट्सम्यान आसिफ शेखले ९० रन बनाउँदा कुशल भुर्तेल शून्यमै आउट भए। कप्तान ज्ञानेन्द्र मल्लले २१ तथा रोहितकुमार पौडेलले २० रन बनाए ।

नेपाल, अमेरिका र ओमाबिचको त्रिकोणात्मक शृङ्खलामा नेपालले विजयी सुरूवात गरेको थियो। पहिलो खेलमा नेपालले अमेरिकालाई ५ विकेटले पराजित गरेको थियो।