च्याम्पियन्स लिगको समूह ‘डी’ को खेलमा स्पेनिस क्लब रियल म्याड्रिडले इटालियन क्लब इन्टर मिलानलाई १–० ले पराजित गरेको छ ।
बिहीबार बिहान सम्पन्न खेलमा रोड्रिगोले खेलको अन्तिम समय ८९ मिनेटमा म्याड्रिडका लागि गोल गरेका हुन् ।
यस्तै समूह ‘ए’ मा इग्लिस क्लब म्यानचेस्टर सिटीले आरबी लिपजिङविरुद्ध प्रभावशाली जीत निकालेको छ । सिटीसँग लिपजिङ ६–३ ले पराजित भयो । लिपजिङका लागि क्रिस्टोफर नुकुनकुले ह्याटिङक गरेका थिए । यस्तै अर्को इग्लिस क्लब लिभरपुलले इटालियन क्लब मिलानसँग ३–२ को नतिजा निकाल्यो ।
नेदरल्यण्ड क्लब आयक्सले स्पोटिङविरुद्ध ५–१ को प्रभावशाली जीत निकाल्दा फ्रान्सको सेन्ट पेरिस जर्मन (पिएसजी) र क्लब बुर्जबीचको खेल १–१ को बराबरी खेलेका थिए । पोर्चुगलको पोर्टो र स्पेनिस क्लब एथलेटिको म्याड्रिडबीचको खेल गोलरहित बराबरीमा सकिएको थियो ।