logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

टस हारेको नेपालले अमेरिकाविरुद्वको खेलमा पहिले ब्याटिङ गर्ने


अंकुरण खबर
1.365K
Shares

आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको तेस्रो खेलमा नेपालले अमेरिकाविरुद्व पहिले व्याटिङ गर्ने भएको छ।

ओमनको अल अमिरात क्रिकेट मैदानमा अमेरिकाले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेपछि नेपालले सुरुवातमा ब्याटिङ गर्ने भएको हो।

अमेरिकाविरुद्धको खेलमा नेपालले एक खेलाडी परिवर्तन गरेको छ। बलर बिक्रम शोबको स्थानमा गुलशन झालाई टोलीमा समावेश गरिएको छ।

राष्ट्रिय टोलीमा गुलशनको यो डेब्यु समेत हो। आज अमेरिकालाई पराजित गदै लगातार दोस्रो जित दर्ता गराउने दाउमा नेपाल रहेको छ।

यसअघि सोमबार भएको खेलमा नेपालले अमेरिकालाई पाँच विकेटले पराजित गरेको थियो।

अमेरिका पनि नेपाललाई पराजित गर्दै यसअघिको हारको बदला लिने योजनामा देखिन्छ।