logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आजबाट ’ए’ डिभिजन फुटसल लिग प्रतियोगिता सुरु हुँदै


अंकुरण खबर
1.014K
Shares

आजबाट अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा राष्ट्रिय ’ए’ डिभिजन फुटसल लिग प्रतियोगिता सुरु हुँदैछ ।

आज पोखराको बहुउद्देशीय कभर्डहलमा पहिलो पटक म्याटमा ए डिभिजन फुटसल आयोजना हुन लागको हो । लिगको उद्घाटन खेलमा आज द राइजिङ क्लब धरान र स्काई गोल काठमाडौँबीच प्रतिस्पर्धा हुनेछ । आजै हुने दोस्रो खेलमा स्पोर्ट्स क्यासल पोखरा र प्रभातफेरी युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

एन्फाका अनुसार फुटसल लिगको विजेताले १० लाख पाउने छ भने, उपविजेताले ५ लाख पाउने छ ।

यस्तै उत्कृष्ट गोलकिपर, उत्कृष्ट विंगर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट प्रशिक्षक र इमर्जिङ खेलाडीले समान २५ हजार पाउने एन्फाले जनाएको छ । म्यान अफ दि म्याचले ५ हजार पाउने छन् ।खेलमा १० टोली सहभागी हुने छन् ।