logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

जसपाले असोजभित्र पार्टी समायोजन टुंग्याउने


अंकुरण खबर
676
Shares

जनता समाजवादी पार्टी (जसपा)ले असोजभित्र समायोजन टुंग्याउने जनाएको छ ।

सुदृढीकरण तथा जागरण अभियान अन्तर्गत जिल्ला, क्षेत्र, पालिका तथा वडास्तर सम्मको पार्टी समायोजन एक महिनाभित्र टुंग्याइने जसपाले जनाएको हो ।

पूर्व संघीय समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी मिलेर जसपा गठन भएको करिब डेढवर्ष पछि तल्लो तहमा पार्टी सामायोजन गर्न लागिएको जसपाका सप्तरीका अध्यक्ष केदारप्रसाद यादवले बताए ।

कार्यक्रम अन्तर्गत असोजको पहिलो हप्ता जिल्लास्तरीय समायोजन गर्ने, १५ गतेभित्र प्रतिनिधि तथा प्रदेश क्षेत्रस्तरीय समायोजन गर्ने तथा १५ देखि असोज मसान्तसम्म पालिका तथा वडा तहसम्म समायोजनको कार्य सक्ने अध्यक्ष यादवको भनाइ छ ।