logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आईसीसी विश्वकप क्रिकेट लिग–२ मा आज नेपाल ओमानसँग भिड्दै


अंकुरण खबर
1.469K
Shares

आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय सिरिजमा नेपालले आज ओमानसँग प्रतिस्पर्धा गर्दैछ ।

नेपालले अल अमिरात क्रिकेट मैदानमा दिउँसो ४ः१५ बजे घरेलु टोलीको सामना गर्नेछ । सिरिज अन्तर्गत गत मंगलबार भएको खेलमा नेपाल ओमानसँग ५ विकेटले पराजित भएको थियो ।

लिग–२ को सिरिज अन्तर्गत नै २०२० को फेब्रुअरीमा भएको दुई खेलमा ओमानले नेपाललाई हराएको थियो । ओमानविरुद्धको खेल नेपालका लागि यस सिरिजको अन्तिम खेल हो । ४ खेलको सिरिजमा नेपालले ३ खेल खेल्दा १ मात्र जित हासिल गरेको छ ।