logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सबै तहको नेतृत्व निर्वाचनबाट नै चयन गर्ने माओवादी केन्द्रको कार्यविधि


अंकुरण खबर
689
Shares

नेकपा माओवादी केन्द्रले सबै तहको नेतृत्व निर्वाचनबाट नै चयन गर्ने भएको छ ।

माओवादी केन्द्रले बनाएको कार्यविधि अनुसार वडा, प्रदेश तथा संघीय निर्वाचन क्षेत्र, जिल्ला, प्रदेश र केन्द्रीय समितिसहित सबै कमिटीको नेतृत्व निर्वाचनबाट चुनिएर आउनुपर्ने व्यवस्था गरिएको हो ।

तल्ला कमिटीहरुका सम्मेलन राष्ट्रिय सम्मेलनअघि नै सकिएर नेतृत्व चयन हुनेछ । माओवादीले आगामी पुस ११ देखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन गर्ने निर्णय यसअघि नै गरिसकेको छ।

वडादेखि केन्द्रसम्म दुई लाख ८५ हजार पदहरुमा निर्वाचनमार्फत नेतृत्व चयन गर्ने तयारी माओवादीले गरेको हो ।