logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

काठमाडौं उपत्यकामा थपिए ५६४ कोरोना संक्रमित


अंकुरण खबर
1.183K
Shares

पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ५६४ जना कोरोना संक्रमित थपिएका छन्।

तीमध्ये काठमाडौंमा ३५५ जना, भक्तपुरमा ५८ जना र ललितपुरमा १५१ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

हाल उपत्यकामा सक्रिय संक्रमितको संख्या ५,२२६ रहेको छ। तीमध्ये काठमाडौंमा २,९२९, भक्तपुरमा ९२७ र ललितपुरमा १,३७० जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।