नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले बिहीबारसम्म मन्त्रिपरिषद विस्तार हुने बताएका छन्।
आज स्थायी कमिटी बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै महराले गठबन्धन बैठक आज साँझ बालुवाटारमा बस्ने र भोलिसम्म मन्त्रिपरिषदलाई पूर्णता दिइने बताएका हुन्।
बुधबार सत्ता गठबन्धनमा रहेका दलका शीर्ष नेताको बैठक बस्ने र त्यसले मन्त्रालय भागवण्डा टुंग्याउने महराले जानकारी दिए । ‘अध्यादेशको कारणले डिले भएको थियो । अब त्यो काम करिब करिब सिद्धियो । आज र भोलिसम्म सरकार विस्तारको कम सिद्धिन्छ’ महराले भने ।
बिहीबार बस्ने प्रतिनिधिसभाको बैठकले दलविभाजनसम्बन्धी अध्यादेशको टुंगो लगाउने पनि प्रवक्ता महराले बताए । दल विभाजन अध्यादेशको प्रतिस्थापन विधेयक ल्याउने उनले बताए ।