logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

एकीकृत समाजवादीको महासचिवमा वेदुराम भुसाल प्रस्तावित


अंकुरण खबर
741
Shares

नेकपा एकीकृत समाजवादी (एस) को केन्द्रीय समिति बैठक आज पनि बस्दैछ ।

आजको बैठकले महासचिवमा वेदुराम भुसाललाई चयन गर्ने भएको छ ।

महासचिवको लागि राष्ट्रिय सभाका सदस्य वेदुराम भुषालको नाममा सहमति जुटेको नेताहरुको दावी छ। नेकपा एसले आगामी तीन महिनामा राष्ट्रिय सम्मेलन गर्ने घोषणा गरिसकेको छ ।

महासचिवमा भुसालसहित मुकुन्द न्यौपाने, राजेन्द्र पाण्डे, गंगालाल तुलाधार, प्रकाश ज्वाला, विजय पौडेल लगायतले दावी गरेका थिए। तर भुसाललाई महासचिवमा नियुक्त गरिने बताइएकाने छ । साथै आजको बैठकले तीन महिने कार्ययोजना पास गर्ने छ ।