logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

काठमाडौं उपत्यकामा थपिए ४०४ जना कोरोना संक्रमित


अंकुरण खबर
819
Shares

काठमाडौं उपत्यकामा ४०४ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा मन्त्रालयका अनुसार काठमाडौंमा २४५ जना, भक्तपुरमा ५२ जना र ललितपुरमा १०७ जना थपिएका छन् ।

अहिले उपत्यकामा ५११५ जना सक्रिय संक्रमित छन् । काठमाडौंमा मात्रै २८२९, ललितपुरमा १३७४ र भक्तपुरमा ९१२ सक्रिय संक्रमित छन् ।

यस्तै पछिल्लो २४ घण्टामा देशभर १,२३९ जना कोरोना संक्रमित थपिएका छन् । १,३२४ जना संक्रमणमुक्त भएका छन् भने १३ जनाको मृत्यु भएको छ ।