नेपाल राष्ट्रिय क्रिकेट टोलीका कप्तानसमेत रहेका ज्ञानेन्द्र मल्लले ९ असोजबाट आयोजना हुने चौथो संस्करणको बजाज पल्सर एभरेस्ट प्रिमियर लिग (ईपीएल) नखेल्ने भएका छन्।
बिहीबार कप्तान ज्ञानेन्द्र सम्मिलित ललितपुर प्याट्रीओट्सले विज्ञप्ति जारी गर्दै चौथो संस्करणमा उनले नखेल्ने जानकारी गराएको हो । कप्तान ज्ञानेन्द्रले आन्तरिक कारण खुलाउदै आफू प्रतियोगितामा सहभागी हुन नसक्ने पत्र काटेका छन्।
‘जानकारी गराउन चाहन्छु कि ब्यक्तिगत कारण आगामी ईपीएलमा सहभागी जनाउन पाउँदिन’, ज्ञानेन्द्रले लेखेका छन्।
यस्तै उनले प्रतियोगिताको लागि शुभकामना दिएका छन्।
ज्ञानेन्द्र नखेल्ने भएसँगै अब ललितपुरले नयाँ कप्तान पाउने भएको छ। घोषणा भने भएको छैन।
यस्तै नेपाल राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्काले पनि यो सिजनको ईपीएल नखेल्ने घोषणा गरिसकेका छन्। उनी गत सिजन विराटनगरबाट खेलेका थिए ।
चौंथो संस्करणको ईपीएल क्रिकेट ९९२३ असोजसम्म टीयू क्रिकेट मैदानमा हुनेछ ।
प्रतियोगितामा ६ फ्रेन्चाइज टोलीको सहभागिता रहेको छ । विराटनगर वारियर्स, काठमाडौं किङ्स इलाभेन, चितवन ट्राइगर्स, भैरहवा ग्लाडिएटर्स, ललितपुर प्याट्रीओटस, पोखरा राइनोजले खेल्ने छन्।