चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग ईपीएलको उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन ललितपुर पट्रियोट्स पराजित भएको छ।
ललितपुर पट्रियोट्सलाई काठमाडौं किंग्स इलेवेनने ७ विलेटले हराएको हो। १५८ रनको लक्ष्य पाएको काठमाडौंले १४.२ ओभरमा ३ विकेट गुमाउँदै १६० रन जोडेर लक्ष्य पूरा गरेको हो।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा भर्खरै सम्पन्न खेलमा टस जितेर बलिङ रोजेको काठमाडौंले १५८ रनको लक्ष्य पाएको थियो।
जवाफी ब्याटिङमा काठमाडौंका रहमनुल्लाग गुरबज र र्यान बर्लए अर्धशतक प्रहार गरे। गुरबजले ३६ बलमा ४ छक्का र चार चौकासहित ५९ रन बनाएका थिए।
त्यस्तै, बर्लले ३४ बलमा ७३ रन बनाए। उनले ७ छक्का ५ चौका प्रहार गरेका थिए। उनले काठमाडौंका लागि विजयी चौका प्रहार गरेका थिए। ललितपुरका पवन सर्राफले १ विकेट गिराए भने सुवास खकुरेल र अमित श्रेष्ठ रन आउट भए भने राजु रिजालले १९ रन बनाए।
ललितपुरले निर्धारित २० ओभर खेल्दै ८ विकेट गुमाएर १५७ रन बनाएको थियो भने ललितपुरका लागि ईपीएलको पहिलो अर्धशतक पवन सर्राफले बनाएका छन। उनले ४४ बलमा ६१ रन बनाएका हुन्। त्यसक्रममा उनले चार छक्का र ५ चौका प्रहार गरेका छन।
ललितपुरका ओपनिङ ब्याट्सम्यान कुशल भुर्तेल गोल्डेन डग आउट भए। सन्दुम वेरोल्की र ओसाडे फर्बान्डोसले पनि गतिलो सुरुवात गर्न सकेनन्। तर योगेन्द्र सिंह कार्कीले ३३, रन्जुङ दोर्जीले १७ र शंकर रानाले १४ रन बनाएका छन्। यससँगै काठमाडौंले समूह चरणमा २ अंक जोडेको छ।