logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आज नेपाल र ओमानबीच मैत्रीपूर्ण खेल हुँदै


अंकुरण खबर
975
Shares

आज नेपाली राष्ट्रिय फुटबल टोलीले ओमानसँग मैत्रीपूर्ण खेल खेल्न लागेको छ ।

नेपाल र ओमानबीचको खेल आज राति ९ः४५ बजे कतारको दोहामा हुनेछ । साफ च्याम्पियनसिपको तयारीका लागि नेपालले ओमानसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।

अहिले साफको तयारीका लागि नेपाली टिम कतारमा अभ्यास गरिरहेको छ । यसअघि नेपालले घरेलु मैदानमा भारतसँग दुई मैत्रीपूर्ण खेल खेलेको थियो ।

साफ प्रतियोगिताका लागि नेपाली टोली कतारबाटै माल्दिभ्स जाने भएको छ । साफ च्याम्पियनसिप असोज १५ गतेदेखि माल्दिभ्समा हुँदै छ ।