logo
  • सोमवार, कार्तिक २४, २०८३ / Monday, Nov, 09 ,2026

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक शुरु


अंकुरण खबर
2.275K
Shares

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक शुरु भएको छ । ललितपुरस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बैठक शुरु भएको हो ।

हिजोको बैठकमा राजनीतिक, साङ्गठनिक र विधान मस्यौदा प्रतिवेदन माथिको छलफल सकिएको छ । १० समूहमा विभाजित टोली नेताले हिजो समूहगत छलफलपछि आफ्ना धारणा प्रस्तुत गरेका थिए ।

एमालेका प्रचार विभाग प्रमुख योगेश भट्टराईले टोली नेताबाट समाजवादको आधार निर्माणलाई पार्टीको कार्यदिशाको रूपमा अगाडि बढाउनुपर्दछ भन्ने सुझाव आएको बताए ।

सत्तरी वर्षे उमेरहद पनि कायम गरेर जानुपर्ने अधिकांशको सुझाव रहेको नेता भट्टराईले जानकारी दिए । टोली नेताले आगामी स्थानीय निर्वाचनमा पहिलेभन्दा बढी र संसद् र प्रदेश निर्वाचनमा बहुमत ल्याउने गरी जानुपर्ने सुझाव दिएका छन् ।

समूहबाट आएका सुझावहरुमाथि अध्यक्ष केपी शर्मा ओली, महासचिव ईश्वर पोखरेल र उपमहासचिव तथा संगठन विभाग प्रमुख विष्णु पौडेलले आजको बैठकमा जवाफ दिनेछन्।