logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

ईपीएल क्रिकेट : चितवन टाइगर्सको विजयी सुरुआत


अंकुरण खबर
845
Shares

एभरेस्ट प्रिमियर लिग ईपीएल टी–२० क्रिकेटमा चितवन टाइगर्सले विजयी सुरुवात गरेको छ ।

आज त्रिवि क्रिकेट मैदानमा भएको खेलमा चितवन टाइगर्सले विराटनगर वारियर्सलाई दुई विकेटले हराएको हो ।

विराटनगरले दिएको एक सय ५२ रनको लक्ष्य चितवनले आठ विकेट गुमाएर भेटाएको हो । चितवनका लागि राजेश पुलामी मगरले अविजित ४३ रन बनाए ।

त्यस्तै भीम सार्कीले ११ बलमा ३० रन बनाए । बलिङतर्फ विराटनगरका सिकन्दर राजा र नेपालका करण केसीले दुई–दुई विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित ओभरमा नौ विकेट गुमाउँदै एक सय ५१ रन बनायो । विराटनगरका लागि सिकन्दर राजाले ६७ रन र सौरभ खनालले अविजित ३० रन बनाए । बलिङतर्फ चितवनका सोमपाल कामी, कमल ऐरी, करिम जनत र सागर ढकालले दुई–दुई विकेट लिए ।