logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

काठमाडौं उपत्यकामा थपिए २७९ कोरोना संक्रमित


अंकुरण खबर
806
Shares

पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा २७९ जना कोरोना संक्रमित थपिएका छन् ।

तीमध्ये काठमाडौंमा २३२ जना, भक्तपुरमा २३ जना र ललितपुरमा २४ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसहित हाल उपत्यकामा सक्रिय संक्रमितको संख्या ४,५५८ रहेको छ । तीमध्ये काठमाडौंमा २,५५४, भक्तपुरमा ८१९ र ललितपुरमा १,१८५ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ८३४ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ९ जनाको मृत्यु भएको छ भने  १ हजार २७९ जना निको भएका छन् ।