logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

परराष्ट्रमन्त्री खड्का र भारतीय समकक्षी जयशंकरवीच भेटवार्ता


अंकुरण खबर
754
Shares

परराष्ट्र मन्त्री नारायण खड्काले भारतीय समकक्षी एस जयशंकरसँग भेटवार्ता गरेका छन् ।

संयुक्त राष्ट्र संघको महासभामा भाग लिन अमेरिकाको न्युयोर्क गएका मन्त्री खड्काले जयशंकरसँग भेटवार्ता गरेका हुन् ।

न्युयोर्कस्थित संयुक्त राष्ट्र संघका लागि नेपाली मिसनले जनाएअनुसार दुई मन्त्रीहरू नेपाल भारतबीचको जारी सहकार्यलाई अझ मजबुद् बनाउन सहमत भएका छन् ।

भारतीय विदेश मन्त्री जयशंकरले पनि सामाजिक सञ्जाल ट्वीटरमार्फत् नेपालका नयाँ समकक्षीसँग भेट गर्न पाउँदा खुसी भएको उल्लेख गर्दै नेपाल भारतको विशेष सम्बन्धलाई अझ अघि लैजान मिलेर काम गर्न सहमत भएको उल्लेख गरेका छन् ।

सपथ लिएकै दिन असोज ६ गते न्युयोर्क प्रस्थान गरेका परराष्ट्र मन्त्री खड्काले पहिलो पटक भारतीय समकक्षीसँग भेट गरेका हुन् ।