logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

ईपीएल क्रिकेट : बर्षाका कारण भैरहवा र चितवनबीचको खेल पनि रद्ध


अंकुरण खबर
1.222K
Shares

एभरेस्ट प्रिमियर लिग (इपिएल) टि-ट्वान्टी क्रिकेट प्रतियोगिताको तेस्रो दिन अन्तर्गतको दोस्रो खेल समेत वर्षाका कारण रद्ध भएको छ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुने तय भएको भैरहवा ग्लाडीयटर्स र चितवन टाइगर्सबीचको खेलमा बर्षा भएपछी टससमेत हुन नपाई खेल रद्ध भएको हो।

आयोजकले निर्धारित समय अनुसार १स्३० बजे दोस्रो खेलको टस गर्नुपर्ने थियो। तर १:४० बजेसम्म पनि हिजो परेको पानीको कारण मैदान ओसिलो भएको थियो।

ओसिलो मैदानलाई कुरेर बस्दा पुनः सोमबार समेत पानी परेको हो। पुनः पानी परेपछि अम्पायरले खेल रद्ध गर्ने निर्णय लिएका हुन्।

खेल पुनः अर्को दिन हुने वा नहुने तथा अंक बाड्ने विषयमा भने आयोजकले पछि मात्रै निर्णय लिनेछ।

यसअघि आजको पहिलो खेलअन्तर्गत काठमाडौं किङ्स इलेभन र बिराटनगर वारियर्सबिचको खेलसमेत हुन सकेन। हिजो (आइतबार) दोस्रो खेलको १० ओभर जारी रहँदा ठूलो वर्षा भई खेल सुचारु हुन सकेको थिएन।

हिजोको बर्षाको कारण मैदान ओसिलो भएपछि बिहानी खेलसमेत टस नभइ रद्ध भएको थियो। यस खेल समेत पुनः खेलाइने वा नखेलाइने भन्ने टुंगो लागेको छैन।