logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

काठमाडौं उपत्यकामा थपिए ३९४ कोरोना संक्रमित


अंकुरण खबर
650
Shares

पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ३९४ जना कोरोना संक्रमित थपिएका छन् ।

तीमध्ये काठमाडौंमा २८५ जना, भक्तपुरमा ४३ जना र ललितपुरमा ६६ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसहित हाल उपत्यकामा सक्रिय संक्रमितको संख्या ४,५२२ रहेको छ। जसमध्ये काठमाडौंमा २,५४८, भक्तपुरमा ८२२ र ललितपुरमा १,१५२ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घन्टामा देशभरिमा १,२८२ जना कोरोना संक्रमित थपिएका छन् ।

यस्तै, पछिल्लो २४ घन्टामा १,२६२ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् भने कोरोना संक्रमणबाट ७ जनाको मृत्यु भएको छ ।