logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

माओवादी नेता पुन उपचारका लागि थाइल्याण्ड जाने


अंकुरण खबर
988
Shares

केही दिनदेखि बिरामी परेका नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन उपचारका लागि थाइल्याण्ड जाने भएका छन्।

लामो समयदेखि जण्डिस बिग्रिएपछि देखिने समस्याबाट पीडित पुनलाई बुधबार बिहान बैंककस्थित समितिभेज अस्पतालमा उपचारका लागि लगिने भएको छ।

उनले केहीदिनयता सुमेरु अस्पतालमा उपचार गराईरहेका छन् । उपचारपछि स्वास्थ्यमा कुनै सुधार नभएपनि उनलाई थाईल्याण्ड लैजाने तयारी भएको हो। पुनको शरीरमा देखिएको जण्डिसको मात्रा अस्वभाविक रूपमा बढेको बताइएको छ।

४ वर्षअघि पनि पुनलाई यस्तै समस्या देखिएको हो। त्यो बेलामा समेत पुनले बैंककमा उपचार गराएका थिए।