पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ३८३ जना कोरोना संक्रमित थपिएका छन् ।
जसमध्ये काठमाडौंमा २७० जना, भक्तपुरमा ४४ जना र ललितपुरमा ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
पछिल्लोपटक थपिएको सहित हाल उपत्यकामा सक्रिय संक्रमितको संख्या ४,४४२ रहेको छ । तीमध्ये काठमाडौंमा २,४९६ जना, भक्तपुरमा ८१३ जना र ललितपुरमा १,१३३ जना रहेका छन् ।
यस्तै, पछिल्लो २४ घन्टामा देशभरिमा १,१५८ जना कोरोना संक्रमित थपिएका छन् । आज १,३१८ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् भने कोरोना संक्रमणबाट १२ जनाको मृत्यु भएको छ ।