जंगली जनावर बाँदरले धेरै कृषकलाई दुख दिएको गुनासो बढीरहेका बेला राष्ट्रिय आविष्कार केन्द्रले बाँदर धपाउने प्रभावकारी मेसिन बनाउनेलाई १० लाख रुपैयाँ पुरस्कारको घोषणा गरेको छ ।
आविष्कार केन्द्रका अध्यक्ष पुनले आफ्नो फेसबुकमा यस्तो लेखेका छन्…
‘बास्तबमा धेरै पैसा भएर पुरस्कार दिने भनेको होइन । साह्रै आवश्यक भएर र अहिलेसम्मको उपायले त्यति राम्रो काम नगरेको हुनाले कसैले गर्छन् कि भनेर प्रोत्साहन गर्नको लागि पुरस्कारको घोषणा गरेका हौँ ।’
