logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

माओवादी केन्द्रका नेता बर्षमान पुन उपचारका लागि थाइल्याण्ड प्रस्थान


अंकुरण खबर
1.079K
Shares

नेकपा माओवादी केन्द्रका नेता बर्षमान पुन उपचारका लागि थाइल्याण्ड प्रस्थान गरेका छन् ।

नेता पुन बुधबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विभानस्थलबाट थाइल्याण्ड प्रस्थान गरेका हुन् ।

जण्डिसको वंशानुगत समस्या भएका पुन केही समयदेखि बिरामी रहेका उनको सचिवालयले जनाएको छ।

यसअगाडि सुमेरु अस्पतालमा उपचार गराएका पुनलाई बैंककस्थित समितिभेज अस्पतालमा उपचार गराउने तयारी छ।

पुनको शरीरमा देखिएको जण्डिसको मात्रा अस्वभाविक रूपमा बढेको चिकित्सकहरूले बताएका छन् । चिकित्सकहरूकै सल्लाह अनुसार उनलाई थाइल्याण्ड लैजान लागिएको सचिवालयले जनाएको छ।

नेता पुनसँगै पूर्वसभामुखसमेत रहेकी पत्नी ओनसरी घर्ती पनि थाइल्याण्ड गएकी छन् ।