logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

मेसीको पहिलो गोलमा सीटीविरुद्ध पीएसजी जित


अंकुरण खबर
1.391K
Shares

अर्जेन्टिनी सुपरस्टार लियोनल मेसीले फ्रेन्च क्लब पीएसजीका लागि गोल गरेका छन्।

मेसीले क्लबका लागि पहिलो गोल गरेको खेलमा पीएसजीले इंग्लिस क्लब म्याचेस्टर सिटीलाई २–० ले हराएको छ। पीएसजीका लागि मेसीसँगै इद्रिसा गुयेएले गोल गरेका थिए।

खेलको आठौं मिनेटमै गुयेएले गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए। त्यसपछि ७४औं मिनेटमा किलियन एम्बाप्पेको पासमा मेसीले उत्कृष्ट गोल गर्दै सिटीमाथि २–० को जित दिलाए।

खेलमा पीएसजीमाथि सिटीले दबाब बनाए पनि गोल भने गर्न सकेन। पीएसजीका गोलपिकर जियानलुइजी डोनारुमाले केही बचाउ गरेका थिए।

यस्तै, मंगलबार राति नै भएको खेलमा क्लब ब्रुग विजयी भएको छ। ब्रुगले जर्मन क्लब आरबी लेइपजिगलाई ३–१ ले हरायो।

ब्रुगका हान्स भान्केन र माट्स रिट्सले गोल गर्दा लेइपजिगका एनकुकुले गोल गरेका थिए।

यो जितपछि पीएसजी ४ अंकसहितन समूह एको शीर्ष स्थानमा उक्लिएको छ भने ४ अंक नै जोडेको क्लब ब्रुग दोस्रो स्थानमा।  सिटी भने तेस्रो स्थानमा झरेको छ। उसको ३ अंक छ।