logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

ईपीएलमा आज दुई खेल हुँदै


अंकुरण खबर
780
Shares

एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटमा आज दुई वटा खेलहरु हुँदैछन् ।

त्रिवि क्रिकेट मैदानमा आज बिहान ९:३० मा विराटनगर वारियर्स र ललितपुर प्याट्रीयट्स खेलेको छ । करण केसीको कप्तानीमा रहेको विराटनगर पहिलो जितको खोजीमा रहेको छ । विराटनगरले अघिल्ला दुई खेलमा हार बेहोरेको थियो ।

यस्तै दिउँसो १:३० मा पोखरा राइनोज र चितवन टाइगर्सबीच प्रतिस्पर्धा हुनेछ । सोमपाल कामीको कप्तानीमा रहेको चितवन लगातार तेस्रो जित निकाल्ने योजनामा छ । चितवनले अघिल्ला दुवै खेल जितेको थियो ।