logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

माओवादी नेता पुनको स्वास्थ्यमा सुधार


अंकुरण खबर
949
Shares

माओवादी केन्द्रका नेता तथा पूर्वमन्त्री वर्षमान पुनको स्वास्थ्यमा सुधार आएको छ ।

थाइल्याण्डको बैंककस्थित समितिभेज अस्पतालमा उपचाररत पुनको स्वास्थ्यमा सुधार आएको उनको निजी सचिवालयले जनाएको छ ।

पुनको शरीररमा रहेको अत्याधिक जण्डिसको मात्रा घट्दो क्रममा रहेको उपचारमा संलग्न चिकित्सकलाई उद्धृत गर्दै सचिवालयले जानकारी दिएको छ ।

सामान्यतः स्वस्थ मानिसको रगतमा हुने बिलुरुविन नामक तत्वको मात्रा १ दशमलव ५ देखि ८ बिन्दुसम्म हुने गर्छ । तर, पुनको रगतमा बिलुरुविनको मात्रा अन्यिन्त्रित रूपमा बढेर ३४ पुगेपछि चिकित्सकहरूले बैंकक रेफर गरेका थिए ।

तर, अहिले बिलुरुविनको मात्रा घटेर २७ मा आएको उपचारमा संलग्न डा। नाथाभुत सिरिमोन्तापोनले जानकारी दिएका छन् । पुन पत्नी एवं पूर्वसभामुख ओनसरी घर्तीका अनुसार चिकित्सकले नयाँ औषधि चलाएका छन् । उक्त औषधिले राम्रो काम गर्न थालेको छ । ‘नयाँ औषधिले राम्रो काम गर्न थालेको छ’, घर्तीले भनिन्, ‘नेपालबाट आउँदाको भन्दा अहिले राम्रो भएको छ । तर, वान्ता भने रोकिएको छैन ।’

खाना खान अरुची हुने समस्याका कारण पुनलाई स्लाइनको माध्यमबाट खानेकुरा दिइएको छ । जण्डिसको मात्रा अत्याधिक बढेसँगै उच्च ज्वरो आउनुका साथै निरन्तर वान्ता हुन थालेपछि पुनलाई गत आइतबार ललितपुरको सुुमेरु अस्पताल लगिएको थियो । तर, नेपालमा उपचार कठिन भएको भन्दै चिकित्सकले बैंकक जान सुझाएको थिए ।