logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

काठमाडौं उपत्यकामा २५५ जनामा कोरोना संक्रमण पुष्टि


अंकुरण खबर
1.326K
Shares

पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा २५५ जना कोरोना संक्रमित थपिएका छन्।

जसमध्ये काठमाडौंमा २२२ जना, भक्तपुरमा १३ जना र ललितपुरमा २० जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

पछिल्लोपटक थपिएको सहित हाल उपत्यकामा सक्रिय संक्रमितको संख्या ४,२१७ रहेको छ। जसमध्ये काठमाडौंमा २,२९७, भक्तपुरमा ७४६ र ललितपुरमा ८४२ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यस्तै, पछिल्लो २४ घन्टामा देशभरिमा ६७९ जना कोरोना संक्रमित थपिएका छन्।

मन्त्रालयका अनुसार आज १,४०५ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् भने संक्रमणबाट ७ जनाको मृत्यु भएको छ।