पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३०२ जना कोरोना संक्रमित थपिएका छन् ।
जसमध्ये काठमाडौंमा दुई सय ३१ जना, भक्तपुरमा ३० जना र ललितपुरमा ४१ जना संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यस्तै, पछिल्लो २४ घण्टामा नौ सय ६८ कोरोना संक्रमित थपिएका छन् । कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ भने १ हजार ११४ जना संक्रमणबाट मुक्त भएका छन् ।