logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आईपीएलमा मुम्बईले राजस्थानलाई हरायो


अंकुरण खबर
754
Shares

इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा मुम्बई इन्डियन्सले राजस्थानलाई पराजित गरको छ ।

सारजाहमा मंगलबार राति सम्पन्न भएको खेलमा मुम्बईले राजस्थान रोयल्सलाई ८ विकेटले हराएको हो ।

राजस्थान रोयल्सले दिएको ९१ रनको लक्ष्य मुम्बई इन्डियन्सले ८ ओभर २ बलमा मात्र दुई विकेट गुमाएर भेट्टायो । मुम्बईका इशान किशनले अविजित ५० रन जोड्दै अर्धशतकीय पारी खेले । राजस्थानका मुस्ताफिजुर रहमान र चेतन साकरियाले एक–एक विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा नौ विकेट गुमाएर ९० रन बनाएको थियो । राजस्थानका इभिन लेविसले सर्वाधिक २४ रन बनाए । मुम्बईका नाथन कल्टर नायलले चार, जेम्स निशमले तीन तथा जस्प्रित बुम्राहले दुई विकेट लिए ।

जितसँगै १३ खेलबाट १२ अंक जोडेको मुम्बईको प्ले अफ सम्भावना कायमै छ । मुम्बई अंक तालिकाको पाँचौं स्थानमा उक्लिएको छ । राजस्थान १० अंक जोडेर सातौं स्थानमा रहेको छ ।