logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भाजपाको निमन्त्रणामा कांग्रेसको टोली आज दिल्ली जाँदै


अंकुरण खबर
1.313K
Shares

भारतीय जनता पार्टीसँग सम्बन्ध सुधारका लागि सत्तारूढ दल नेपाली कांग्रेसको एक टोली आज दिल्ली जाँदै छ ।

पार्टीका सहमहामन्त्री डा. प्रकाशरण महतको नेतृत्वमा जान लागेको टोलीमा कांग्रेस नेता उदय शमशेर राणा र अजय चौरासिया रहेका छन् । नेता राणाले भाजपाको निम्तोमा जान लागेको र भ्रमण दुई पार्टीबीचको सम्बन्ध विस्तारमा केन्द्रित रहने बताए ।

गत अगष्ट महीनामा भाजपका विदेश विभाग प्रमुख विजय चौथाइवाले नेपाल भ्रमणमा आएका थिए । उनले नेपालमा प्रमुख राजनीतिक दलका नेताहरुसँग भेट गरेका थिए ।

मन्त्रिपरिषद् विस्तारसँगै प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको मितिसमेत तय हुने बताइएको छ