logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

ईपीएलः भैरहवालाई पराजित गर्दै पोखरा फाइनलमा, टाइटलको लागि चितवनसँग भिड्ने


अंकुरण खबर
1.209K
Shares

यसपटकको ईपीएलमा पोखरा राइनोजबीच र चितवन टाइगर्सबीच उपाधि भिडन्त पक्का भएको छ।

भैरहवा ग्लाडिएटर्सलाई पराजित गर्दै पोखरा राइनोज एभरेस्ट प्रिमियर लिग टी–२० क्रिकेटको फाइनलमा प्रवेश गरेको हो।

अब पोखराले फाइनल पुगिसकेको चितवनसँग उपाधिको लागि खेल्नेछ। बिहीबार त्रिवि मैदानमा भएको दोस्रो क्वालिफायरमा भैहरवालाई ७ विकेटले पराजित गर्दै पोखरा उपाधि नजिक पुगेको हो।

भैरहवाले दिएको १२० रनको लक्ष्य पोखराले १८.२ ओभरमा ३ विकेटको क्षतिमा पुरा गरेको थियो।