पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा २९४ जना कोरोना संक्रमित थपिएका छन् ।
तीमध्ये काठमाडौंमा २०७ जना, भक्तपुरमा ३४ जना र ललितपुरमा ५३ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लोपटक थपिएको सहित हाल उपत्यकामा सक्रिय संक्रमितको संख्या ३,८१६ रहेको छ ।
तीमध्ये काठमाडौंमा २,३३९, भक्तपुरमा ६९२ र ललितपुरमा ७८५ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै, पछिल्लो २४ घन्टामा देशभरिमा ८०५ जना कोरोना संक्रमित थपिएका छन् । मन्त्रालयका अनुसार आज ९११ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् भने कोरोना संक्रमणबाट ८ जनाको मृत्यु भएको छ ।